नियम ३०
सेवा शुल्क निर्धारण समिति
(१) नेपाल सरकारले विकास गरेको जलस्रोतको उपयोगको सेवा शुल्क निर्धारण गर्न र निर्धारित समयभित्र सेवा शुल्क नबुझाउने उपभोक्ताले तिर्नु पर्ने अतिरिक्त सेवा शुल्कको दर समेत निर्धारण गर्न देहायका अध्यक्ष तथा सदस्यहरू भएको एक सेवा शुल्क निर्धारण समिति रहनेछः
(क) नेपाल सरकारले तोकेको व्यक्ति –अध्यक्ष
(ख) उपभोक्ताहरू मध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति – सदस्य
(ग) नेपाल सरकारले तोकेको व्यक्ति – सदस्य सचिव
(२) सेवा शुल्क निर्धारण समितिको बैठक सम्बन्धी कार्यविधि उक्त समिति आफैले
निर्धारण गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम सेवा शुल्क निर्धारण समितिले सेवा शुल्क निर्धारण गर्दा ह्रासकट्टी दर, उपयुक्त लाभ, संरचनाको तरिका, उपभोक्ता मूल्य सूचीको परिवर्तन जस्ता कुराहरुको आधारमा सेवा शुल्क निर्धारण गर्नेछ ।